११ फागुन, काठडाडौं । विपिन देव - भर्खरै सन् २०२५ पे्रmबुबरी १७ का दिन कत्तारका अभिरलाई स्वागत अभिनन्दन गर्न प्रधानमन्त्री मोदी आफ्ना परराष्ट्रमन्त्री सहित दिल्ली विमान स्थल पुगेका थिए । प्रधानमन्त्री मोदी स्वंय विमान स्थल पुगेर कत्तारको मुखियालाई स्वगत गर्नु कूटनीतिक हिसावले अर्थपूर्ण रहेको छ ।
यस भन्दै पहिले मोदीले अमेरिकी राष्ट्रपति र जापानको प्रधानमन्त्रीलाई यही तरिकाले सम्मान गरेको थियो । वास्तवमा सन् २०१४ देखि नै भारतले आफ्नो
कूटनीतिक आयाममा पश्चिम एसियालाई उच्च महत्व दिएको देखिन्छ । इतिहासको एक कालखण्डमा पश्चिम एसियामा पाकिस्तानको विगविगि रहेको थियो । पश्चिम एसियाले पाकिस्तानको दृष्टिबाट दक्षिण एसियालाई हेर्ने गथ्र्यो । सन् १९६९ इश्लामिक राष्ट्रहरूको सम्मेलनमा (ओ.आए.सी) मा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व फकरुदीन अहमदले गरेका थिए ।
जो कि कालान्तरमा भारतका राष्ट्रपति समेत भए । त्यस्तै पाकिस्तानको तर्पmबाट जुलफीकार भुटो प्रतिनिधित्व गरेका थिए । भारतीय प्रतिनिधिलाई वोल्न दिएको खण्डमा भुटोले उक्त सम्मेलन कहिष्कार गर्ने घोषणा गरे पश्चात भारतीय प्रतिनिधि मण्डल त्यहॉबाट फकिनु पर्ने वाध्यता भयो । अर्थाट् पश्चिम एसियामा इश्लामको नाममा पाकिस्तानको दवदवा रहेको थियो । इतिहासले कोल्टो फेर्यो ।
सन् २०१९ मा त्यही संगठनको सम्मेलनमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व सुष्मा स्वराजले गरेकी थिइन भने पाकिस्तानको तर्फ बाट महमुद शाह खुरेषीले गरेका थिए । भुटो जस्तै कुरेषीले अभिव्यक्रि दिदै भारतीय प्रतिनिधि मण्डलले अभिभाषण दिएको खण्डमा पाकिस्तान उक्त सम्मेलनमा भाग नलिने घोषणा गरे । आ.आए.सी.ले सुष्मा स्वारजलाई उच्च सम्मान दिदै खुरेषीको अभिव्यक्तिलाई नजरअन्दान गरे । अर्थात् पश्चिम एसियालको भारत प्रतिको दृष्टिकोणमा व्यापक परिर्वतन देखिएको छ । भारतको तेस्रो व्यापारिक साझेदारको रूपमा यू.ए.ई.रहेको छ भने चौथो व्यापारिक साझेदारको रूपमा साउदी अरेवीया रहेको छ ।
पश्चिम एसियामा ९० लाख भारतेलीहरू रोजगारमा छन् भने त्यसबाट २५ विलियन अमेरिकी डलर भारतले विप्रेशण (रेमिटेन्स)को रूपमा प्राप्त गर्दछ । विगतका दिनमा भारतीय कूटनीतिले पश्चिम एसियालार्य त्यति महत्व दिएको थिएन । प्रधानमन्त्रीको रूपमा ३४ वर्ष पश्चात मोदीले यू.ए.ई.यात्रा गरेका थिए । ३४ वर्ष सम्म प्रधानमन्त्रीय स्तरको यात्रा नहुनु कूटनीतिक कमजोरीको रूपमा व्याख्या गर्न सकिन्छ । तर सन् २०१४ देखि हालसम्म मोदीले यू.एई. ७ पटक यात्रा गरिसकेका छन् । अमेरिका पछि सबभन्दा बढि भारतले निर्यात गर्ने मुलुक इु.एई.नै रहेको छ । तथ्याङ्क अनुसार भारतले यु.एई.संग ३२ विलियन अमेरिकी डलरको व्यापार गर्दै आएको छ । त्यस्तै भारतको विकासको विविध क्षेत्रमा यु.एई.को ७० विलियन अमेरिकी डलरको लगानी रहेको छ ।
पश्चिमा एसिया उर्जाको केन्द्र विन्दु रहेको कारणले गर्दा अमेरिका, चीन, रसिया र भारत समेत यी मुलुकहरूसंगको सम्वन्धलाई उच्च महत्व दिने गर्दछ । पश्चिम एसियाली मुलुकहरू हात हतियारको अधिक खरिद गर्दछन् । त्यसकारणले अमेरिकासंग यिनीहरू व्यापारिक कारोवार अधिक रहेको छ । अमेरिकाको पश्चिम एसियामा ७०० विलियन डलरको व्यापार रहेको छ भने चीनको समेत ५०० विलियन डलरको व्यापार रहेको छ । भारतको व्यापार लगभग १८० विलियन डलरको रहेको छ । इजरायल हमासको द्वन्दले गर्दा इजरायलसंगको व्यापारिक कारोवारमा ६० प्रतिशतले गिरावट भएको छ । तर भारतले पश्चिम एसियासंगको सम्वन्धलाई उच्च महत्व दिदै यु.एई.संग व्यापारिक सम्झौता समेत गरेका छन् ।
पश्चिमा एसियाको कूटनीतिको केन्द्रविन्दु हुनुको कारण आए.मेक परियोजना समेत एक हो । सन् २०२३ मा जी टेउन्टीको घोषणा पत्रबाट अनुमोदित भएको उक्त गुरुयोजनको माध्यमबाट अमेरिका, एटलान्टीक, युरोप, पश्चिम एसिया, भारत हुंदै दक्षिण पूर्व एसियालाई जोड्ने जल र सडक सञ्जाल बुझिन्छ । आए.मेक परियोजनालाई फलिभूत गर्न प्रजातान्त्रिक कित्ताामा रहेका मुलुकहरू सक्रिय देखिएको छ । जानकारहरू आए.मेक.लाई वि.आर.आए.को विकल्पको रूपमा समेत व्याख्या गरेका छन् । युरोप र अमेरिकाले पश्चिम एसियामा भारतलाई समन्व्यकारी शक्तिको रूपमा स्वीकार गरेका छन् ।
अर्थात् भारतको सम्वन्ध इजरायलसंग सघन रहेको छ भने इरानसंग समेत सौहद्रता रहेको छ । यही परिदृष्यलाई मध्य नजर गर्दै भारतले आए.टु.यु.टु.को सक्रियता प्राप्त गरेका छन् । आए. टु.यु.टु. भन्नाले अमेरिका, यू.एई. इजरायल र भारतको चर्तुभूजीय संगठन हो । ट्रम्पको पहिलो कार्यकालमा नै इजरायलसंग अरू पश्चिम एसियाका शक्तिहरूसंग सघन सम्वन्ध बनाउनु थियो । आए.टु.यु.ट.को माध्यमबाट पश्चिम एसियामा सम्वाद निर्माण गर्नु हो । विगतका दिनमा पश्चिम एसिया सम्वादको थलो हुंदै भएको छ । इतिहासको एक कालखण्डमा नर्वे र स्वीजरल्याण्डले द्वन्द शिथिलिकरणको थालनी गर्दै गर्ने गथ्र्यो ।
तर वर्तमान परिवेशमा कत्तार र साउदी अरवेयीले यस्तो अनुष्ठान गर्ने गरेको छ । भर्खरै रसिया र युक्रेनको द्वन्द शिथिलिकरणको सम्वाद साउदी अरवेयीमा सम्पन्न भएको छ । पश्चिम एसिया (मध्य एसिया)मा मुख्य चासो नवीकरणीय उर्जा, हावा उर्जा, सौर्य उर्जामा रहेको छ । सन् २००० देखि नै भारत यस क्षेत्रमा नेतृत्वदायि भुमिका खेल्दै आएको छ । कत्तारका अमिरले समेत उक्त क्षेत्रलाई मध्य नजर गर्दै १० विलियन अमेरिकी डलरको घोषणा गरेको देखिन्छ भने हाल भारत कत्तार विच १४ विलियन अमेरिकी डलरको व्यापार रहेको छ । सन् २०३० सम्म भारत र कत्तार विच दोब्वर व्यापार वृद्धि हुने घोषणा गरिएको छ ।
पश्चिम एसियामा भारतलाई सुरषा प्रदान गर्ने मुलुकको रूपमा समेत चित्रित गरिन्छ । सन् २०२३ मा रेड सी (रातो सागर) मा सामुद्रिक माल वाह जहाज माथि हुती लाडाका समुहहरूले आक्रमण गरेका थिए । रेड सी. पूर्ण रूपले अस्त व्यस्तको अवस्थामा थियो । विषम परिस्थितिलाई मध्यनजर राख्दै रेड.सी.मा सुरक्षा प्रत्याभूत गर्न भारतीय जल सेना तैनाथ गरियो । धरातलीय अवस्थामा चमत्कारीक रूपले सुधार देखियो । त्यस्तै सोमालीयाको वन्दरगाहमा समेत भारतीय जल सेनाले शान्ती, अमन र चयनमा अहम भूमिका निर्वाह गरेको देखिन्छ । पश्चिम एसियामा भारतले इरानको चाबाहार वन्दरगाहमा सञ्चालन गर्ने सम्झौता गरेका छन् भने यमनको डोरानमा समेत वन्दरगाह सञ्चालन गरेका छन् ।
वर्तमान परिवेशमा पश्चिम एसियाली मुुलुकहरू ज्ञान, विज्ञान, शिक्षा, स्वास्थ्य, अनुसन्धान र अध्यात्ममा अभिरुची लिएका छन् । भारत यी क्षेत्रहरूमा महारथ हासिल प्राप्त गरेका छन् । यी कारणहरूले गर्दा पश्चिम एसियालाई कूटनीतिक इपीसेन्टरको रूपमा भारतले हेरेका छन् । विगतका दिनमा पाकिस्तानको प्रवृतीलाई पश्चिम एसियाबाट निषेथ गरिएका छन् । पश्चिम एसिया का १२ वटा मुलुकहरूबाट मोदीले सर्वोच्व सम्मान समेत हासिल गरेका छन् ।