|  

पूर्वराजा शाहलाई सत्तामा फर्किने मन भए ०८४ को चुनाव लड्न सांसद न्यौपानेको चुनौती

११ फागुन, काठडाडौं ।  नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसदमा आउन चुनौती दिएकी छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै यस्तो चुनौती दिएकी हुन् ।

‘यदि सत्तामा नै फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्’ उनले भनिन् ।