|  

कानुन अुनसार नै ताप्लेजुङमा कुबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैनः योगेश भट्टराई

११ फागुन, काठडाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा कुबुलकार निर्माण हुने विषय नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै बिर्सन नहुने बताए ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका छन् ।

‘ताप्लेजुङमा कुबुलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ,’ भट्टराईले भने, ‘नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै निजी क्षेत्रले केबुलकारको काम अगाडि बढाएको हो ।’

उनले विरोध गर्ने अधिकार सबैलाई भए पनि त्यसको पनि शैली हुने जिकिर गरे ।‘त्यसमा विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्छ भन्ने मान्यता हो,’ उनले भने ।