११ फागुन, काठडाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
आइतबारको संसद बैठकको आकस्मिक समयमा सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न माग गरेका हुन् ।
सरकारको अकर्मण्यता र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताउँदै उनले यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको ठहर्ने बताए । सरकारले नैतिक रूपमा मार्गप्रशस्त गर्नुपर्ने उनले बताए ।