११ फागुन, काठडाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमाथि उल्टो प्रहार भएको बताएका छन् । नव निर्वाचित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमको अभिव्यक्तिमाथि टिप्पणी गर्दै आइतबारको संसद् बैठकमा बास्कोटाले यस्तो बताएका हुन्।
‘अमेरिकाले लामो समयदेखि नेपाललाई सहयोग गर्दै आयो। आफ्ना एजेन्सी, दूतावासमार्फत र सरकारमार्फत। हामीले त्यसलाई स्वीकार गर्यौँ’, उनले भने ‘तर आज हामी फ्रड (ठग) बनेका छौँ। बनाइएका छौँ। यो उल्टो प्रहार सुरु भएको छ। जसले नेपालको राष्ट्रिय स्वाधिनता र यसको अन्तराष्ट्रि य छविमाथि पनि आँच लिएर आएको छ। गहिरो चोट लागेको छ।’
उनले ठग्ने काम हामीले गरेको कि अमेरिकाले गरेको भन्दै प्रश्न गरे। बास्कोटाले अब सहयोग लिनेबेलामा कुन लिने र कुन नलिने भन्ने कुरा प्रष्ट पार्नुपर्ने बताए। सहयोगले जनतामा के परिवर्तन ल्याउँछ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए।