११ फागुन, काठडाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । बजारमापक परिसूचक नेप्से ११.६६ अङ्कले बढेर २७५५.४ को बिन्दुमा आइपुगेको छ ।
यस दिन कारोबारमा आएका १ सय ३६ कम्पनीको शेयरमूल्य बढेको छ । गार्डियन माइक्राे लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढी प्रतिकित्ता ७ सय ८० रुपैयाँ पुगेको छ ।
१ सय ७८ कम्पनीको शेयरमूल्य घटेको छ भने १६ कम्पनीको शेयरमूल्य यथावत् रह्यो । यस दिन ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।