|  

ज्ञानेद्र शाहीको प्रश्न- प्रधानमन्त्रीले मेयर बालेनसँग सिङ जुधाउनुपर्ने कारण के हो ?

११ फागुन, काठडाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेद्र शाहीले प्रमुख प्रशासकीय नहुँदा काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले तलब नपाएको गुनासो गरेका छन्।

आइतबारको संसद् बैठकमा बोल्दै उनले सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको कारण कर्मचारी तलब नपाएको बताए।

उनले प्रधामन्त्री केपी शर्मा ओलीले महानगरका मेयर बालेन्द्र साह (बालेन)लाई असहयोग गर्दै प्रमुख प्रशासकीय अधिकृत नपठाएको आरोप लगाए।

‘प्रधानमन्त्रीले मेयरसँग जोडी खोजेर हिडिरहनुभएको छ। एउटा जनप्रतिनिधिसँग सिङ जुधाउनुपर्ने कारण के हो? महानगरलाई असहयोग गर्नु भनेको यहाँको आम नागरिकलाई धोका दिनु हो’, शाहीले भने।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका १८ सय शिक्षकले ४ महिनादेखि तलब बुझ्न नपाएको, स्थानीय वडाका कर्मचारीले पनि तलब नपाएको र विकासे काममासमेत असर पुगेको बताए।