११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले छुन नसक्ने बताएका छन् ।
आज कांग्रेस रोल्पाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले नै लडेर यो व्यवस्था ल्याएकाले जोगाउने जिम्मा पनि आफूहरुको हुने बताएका हुन् । महामन्त्री थापाले अहिले आफूहरु एमालेसँगको सरकारमा रहेको र अब माओवादीलगायतका दलहरुलाई मिलाएर यो समयको अधिकतम सदुपयोग गर्ने पक्षमा आफूहरु रहेको बताए ।
उनले सबैलाई मिलाएर लानका लागि कांग्रेसका कुनै पनि सदस्यले कायर र कमजोर कुरा गर्न नहुने र पलायनको दृष्टिकोण राख्न नहुने बताए । कांग्रेसको नेतृत्वमा आएको संविधानको रक्षा गर्दै देश बदल्ने अभियानमा आफूहरु रहेको पनि उनले दाबी गरे ।