११ फागुन, काठमाडौं । भोलिदेखि लागु हुने गरी बजारमा अण्डाको मूल्य बढ्ने भएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले यसबारे जानकारी दिएका हुन् । उनले,‘हामीले आज बैठक बसेर भोलिबाट अण्डाको मूल्य बढाउने निर्णय गरेका छौं ।’ उनका अनुसार न्यूनतम प्रतिक्रेट ३५ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ । अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट ३ सय ९०, ठूलो अण्डा चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेट चार सय २५ रूपैयाँ पुगको छ ।
यसअघि मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा ३ सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट ३ सय ८५ रूपैयाँ पर्ने भएको छ । यो किसानले पाउने मूल्य हो । उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले शुक्रबार मूल्य समायोजन गर्न घटाइएकोमा भोलिबाट बढाउने संघले बताएको छ । खुद्रा बजारमा उपभोक्ताका लागि प्रतिगोटा अण्डाको मूल्य भने २० रूपैयाँ छ ।