११ फागुन, काठडाडौं । काठमाडौंमा सुनसहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट ३ सय ५४ ग्राम सुनसहित भारतकोे उत्तर प्रदेश राज्यको गोण्डा बस्ने ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गासमेतबाट खटिएको प्रहरीले बेलहियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ ख ४४१५ नम्बरको बसमा सवार उनलाई उक्त सुनसहित पक्राउ गरेको हो ।