|  

म्यानमार र नेपालबीच पहिलो हाफमा २–२ गोल

११ फागुन, काठडाडौं । काठमाडौंमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपाल र म्यानमार बीचको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको छ।

समूहचरणको अन्तिम खेल अगावै फाइनल पुगिसकेका दुबै टिम फाइनल अघि आफ्नो शक्ति परीक्षणका रुपमा हेरिएको यो खेल पहिलो हाफ रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा म्यानमारले म्याट नोइ खीनको गोलमार्फत छैटौं मिनेटमै अग्रता लियो। उत्कृष्ट फ्रिकीक मार्फत खीनले गोल गरेकी थिइन्। तर त्यसको पाँच मिनेट पछिनै नेपालले खेल बराबरीमा ल्यायो। सावित्रा भण्डारीले डिबक्समा उत्कृष्ट ‘कट ब्याग’ गरेको बलमा सविता राना मगरले सहजै गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याइन्।

त्यसपछि पनि निरन्तर दुबै पक्षले खेल आफ्नो पक्षमा पार्न प्रयासरत देखिए। यस्तोमा नेपाली डिफेन्सले गरेको गल्तीमा म्यानमारले पुन अग्रता बनायो। म्यानमारका लागि १६ औं मिनेटमा मे हेट लुले गोल गरेकी थिइन्।

तर पहिलो हाफमै टिमलाई बराबरीमा ल्याउने क्रममा सावित्रा भण्डारीले खेलको अन्तिम समयमा गोल गरेकी थिइन्।