|  

प्युठानमा ‘स्वास्नी पाउन नसकेको थारो’ भनेपछि काका काकीको ह#त्या

१२ फागुन, काठमाडौं ।  प्युठानको माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३४ वर्षीय पङ्कज परियार रहेका छन् ।  पङ्कजले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको छ।
घटनाको जानकारी पछि, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपेश बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

डिएसपी बस्यालका अनुसार  रिसको झोँकमा घन प्रहार गरी आफ्ना काका र काकीको हत्या गरेको पङ्कजले प्रहरीलाई बयान दिएका छन्।युवकले हत्या गरेको स्वीकारेका छन्, प्रहरीले भन्यो, प्रहरीसँग सोधपुछका क्रममा पङ्कजले , “सधैँ गाली गर्थे, हेप्थे, थारो भन्थे, सहन सकिनँ घनले हानेर भनी स्वीकार गरेका छन् । एक हप्ताअघि रामबहादुरले पङ्कजलाई ‘स्वास्नी पाउन नसकेको थारो’ भन्दै गाली गरेका थिए ।

यस घटनाले पङ्कजको मनमा घृणा र आक्रोश सिर्जना गरेको थियो । शनिबार राति रक्सी सेवन गरी, पङ्कजले घरको दोस्रो तलाबाट प्रवेश गरेका थिए । सुतिरहेका दम्पतीलाई देखेपछि उनले घन उठाएर तीन  तीन पटक टाउकोमा प्रहार गरेका थिए । प्रहरीले  घटनास्थलबाट ५० मिटर परको बारीबाट रगतले लतपतिएको घन र  मृतकहरूको रगत पुछेको व्लाङ्केट वरामत गरेको छ