१२ फागुन, काठमाडौं । ओखलढुंगामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लिखु गाउँपालिका–५ बस्ने ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाई रहेका छन् । दमाईलाई २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
नेत्रले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी यसमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।