१३ फागुन, काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि गत कात्तिक १५ र फागुन ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा पाँच सय रूपैयाँले बढेको हो। जस अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदी भने घटेको छ।आज तोलामा १५ रूपैयाँ घटेर प्रतितोला १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।