१३ फागुन, काठमाडौं । काठमाडौं विश्वविद्यालयले विदेशमा अध्ययन पुरा गर्न नपाएका विद्यार्थीहरूलाई पढ्न दिने भएको छ ।
त्यसका लागि विश्वविद्यालयले ओपन हाउस छलफलको आयोजना गरेको छ । विविध कारणले विदेशका विश्वविद्यालयमा अध्ययनलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई नेपालमै पढ्न चाहेको खण्डमा क्रेडिट ट्रान्सफरको अवसर दिने भएको हो ।
त्यही विषयमा छलफल गर्न ओपन हाउस छलफलको आयोजना गरेको हो । विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन निरन्तरतामा विविध कारणले समस्या भोगिरहेका विद्यार्थीहरूलाई अध्ययन पूरा गर्न यथासम्भव सहयोग गर्ने उद्देश्यले वस्तुस्थिति बुझ्नका लागि विश्वविद्यालयले छलफल गर्न लागेको हो ।
यसअघि पूर्वाञ्चल विश्वविद्यालयले समेत विदेशमा अध्ययन पुरा गर्न नसकेका विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सफर गर्न दिने निर्णय गरेको थियो ।