|  

सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार गम्भीर छः स्वास्थ्यमन्त्री 

१३ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिनेकुरामा सरकार गम्भीर रहेको बताएका छन्।

आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नागरिकलाई कसरी स्वास्थ्य सेवा उपलब्ध गराउने भनेर सरकारले काम अघि बढाइरहेको दाबी गरेका हुन् । स्वास्थ्य बीमाअन्तर्गत कसैले उपचार नै नगरी उपचार गरेँ भनेर हस्ताक्षर गर्छ भने उसलाई दण्डित गरिनुपर्ने उनको भनाइ छ । 

मन्त्री पौडेलले राज्यले नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने दायित्व दुर्गम भेगमा पनि कसरी पूरा गर्ने भन्नेकुरामा सरकारले बढी जोड दिइरहेको बताए । उनले दक्ष जनशक्तिलाई स्वदेशमै कसरी राख्ने भन्ने चुनौति रहेको धारणा राखे ।