१३ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन २१ गते बस्नेगरी स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले अर्को बैठक फागुन २१ गते बुधबार बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन । आजको बैठकमा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक-२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८१ प्रस्तुत गरेका छन् ।
त्यस्तै, बैठकले आम सञ्चार विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।