१३ फागुन, काठमाडौं । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पदभार ग्रहण गरेका छन् ।
आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट शपथ लिएका उनले प्राधिकरण पुगेर पदभार ग्रहण गरेका हुन ।पदभारका क्रममा बोल्दै अध्यक्ष ओझाले भने, ‘सरकारले जिम्मेवारी दिएको छ। यो मेरो लागि चुनौती पनि हो। मेरो कार्यकालमा नयाँ परिवर्तन देखिनेछ ।’ प्राधिकरणले नियमन गर्न सकेन भन्ने जनगुनासो धेरै रहेको बताउँदै उनले प्राधिकरणमा नयाँ कामको सुरुवात गर्न चाहेको बताए ।
ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।