|  

फेसबुकमा एकाएक समस्या

१५ फागुन, काठमाडौं । बिहीबार बिहान एक्कासि सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ ।

कैयन् फेसबुक प्रयोगकर्ताले वेबसाइटबाट फेसबुक खोल्दा नखुलेको गुनासो गरेका छन् । फेसबुक लगइन गर्दा ‘माफ गर्नुहोस्, केही समस्या भयो। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्ने काम गरिरहेका छौँ’ भन्ने सन्देश देखिएको छ ।

नेपालमात्रै नभएर विदेशमा पनि यही समस्या देखिएको बताइएको  छ । सामाजिक सञ्जाल एक्समा फेसबुकमा समस्या देखिएको भनेर पोस्टहरु देखिएका छन् । यसबारे फेसबुकको मातृ कम्पनी मेटाले थप जानकारी गराइसकेको छैन । अवरुद्ध भएको केही समयपछि सेवा पुनः सञ्चालनमा आएको छ।

एकाएक फेसबुकमा समस्या