|  

 अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती मृ#त फेला 

१६ फागुन, काठमाडौं । ओस्कार विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती बेट्सी अराकावा मृत फेला परेका छन् ।

उनीहरूसँगै कुकुर घर पनि मृत भेटिएको छ । अनुसन्धान जारी भए पनि घटनास्थलमा कुनै किसिमको अपराध भएजस्तो नदेखिएको त्यहाँको प्रहरीले जनाएको छ । ९५ वर्षीय जीन आफ्नी श्रीमती ६४ वर्षीया बेट्सीसँग न्यू मेक्सिकोको सान्ता फेमा रहेको घरमा बस्थे ।

ह्याकम्यानले १९७१ को थ्रिलर फिल्म ‘द फ्रेन्च कनेक्सन’का लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । योसँगै उनले सन् १९९२ मा आएको फिल्म ‘अनफर्गिभन’का लागि सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते ।