१६ फागुन, काठमाडौं । रूकुम पूर्वसहित देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा रातिदेखि लगातार वर्षा भइरहेको छ।
राति देखि रूकुमकोटसँगै जिल्लाभर वर्षा भइरहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको छ।
विशेषगरी गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा भारी वर्षासँगै हिमपातसमेत हुने सम्भावना रहेको छ।