|  

शुत्रबार बिहानदेखि हुम्लामा हिमपात

१६ फागुन, काठमाडौं । हिमाली जिल्ला हुम्लामा शुत्रबार बिहानदेखि हिमपात भएको छ ।

हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाममा सिमकोटमा हिमपात भएको हो । हिमपातले नाम्खा गाउँपालिकाको लिमी, चाला, याल्बाङ, यारी, मुचुलगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ।

यस्तै हुम्लाको दक्षिणी भेग सर्केगाड,चंखेली,अदानचुली,ताजाकोट गाउँपालिकामा वर्षा भएको छ । हिमपात भएसँगै नेपालगन्ज, सुर्खेतबाट हुने हवाई उडान प्रभावित भएका छन् ।

रातभर वर्षा भएपनि बिहान ७ बजेबाट जमिनमा हिउँ जम्न थालेको हो । हिउँ पर्न थालेपछि चिसो अत्यधिक बढेको छ।