१६ फागुन, काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १-० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । मछिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि आजै भएको पहिलो खेलमा एपिएफलाई पराजित गर्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।