१६ फागुन, काठमाडौं । पाकिस्तानको एक मदरसामा विस्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।
उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको तालिबान समर्थक धार्मिक विद्यालय भित्र रहेको दारुल उलुम हक्कानिया मदरसामा विस्फोट भएको हो । आज प्रार्थनाको दिन भएकाले मदरसामा धेरैजना जम्मा भएका थिए । मदरसामा बसेर अध्ययन गर्ने बालबालिका र प्रार्थनाका लागि पुगेकाहरूलाई लक्षित गरेर विस्फोट गराइएको सञ्चारमाध्यमहरूले जनाएका छन । घाइतेमा केही बालबालिका पनि छन । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।