१६ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब जारी केपी ओली कपको फाइनलमा पुगेको छ। शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मीले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।
त्रिभुवन आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक एक गोल गरेका थिए। नवयुगले खेलको आठौ मिनेटमा नै गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए भने दिनेशले खेलको ६६औँ मिनेटमा पेनाल्टीमार्फत आर्मीको अग्रता दोब्बर पारेका थिए। त्यस्तै संकटाको लागि खेलको इन्जुरी समयमा विशन गुरुङले गोल गरेका थिए।
अब त्रिभुवन आर्मी क्लबले फाइनलमा दोस्रो सेमिफाइनलका केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ। प्रतियोगिताको फाइनल खेल सोमबार हुदैँ छ।