|  

काठमाडौंको सुकेधारामा ओखलढुंगाका अड्विर राईको ह#त्या, एक जना पक्राउ

१७ फागुन, काठमाडौं । काठमाडौंको सुकेधारमा शव भेटिएको घटनामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ्ग गाउँपालिका–६ का २९ वर्षीय विराट ठकुरी छन्। ओखलढुंगा घर भई काठमाडौं महानगरपालिका–७ बस्ने ५० वर्षीय अड्विर राईको हत्याको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको  
हो ।

उनको शव बुधबार साँझ सवा ८ बजे सुकेधारामा फोहोरको थुप्रोले पुरेको अवस्थामा भेटिएको थियो।उनको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरेको चोट थियो ।

मृतक राई लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति हुन् । पक्राउ परेका ठकुरीलाई आइतबार म्याद थपका लागि अदालत लैजाने तयारी प्रहरीको छ।