|  

लागुऔषधविरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा गृहमन्त्रीको जोड

१७ फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज बनाउन लागुऔषधविरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा उपत्यका प्रहरी कार्यालयले आजदेखि शुरू गरेको लागुऔषधविरुद्धको महाअभियान उद्‌घाटन समारोहमा गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हुँदै समाजकै लागि घातक रूपमा देखा परिरहेको बताए ।गृहमन्त्री लेखकले भने,‘लागुऔषध अत्यन्त चुनौतीका रूपमा देखिएको छ, युवाहरूमा नकरात्मक असर पारेको छ । सरकार र प्रहरीको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।’

लागुऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसको नियन्त्रणका लागि तीन तहका सरकारले अभियानका रूपमा सञ्चालन गर्न जरुरी रहेको बताए । लागुऔषधविरुद्धको महाअभियान देशव्यापी रूपमा चलाउन जरुरी रहेको भन्दै उनले विद्यालय स्तरसम्म महाअभियान पुर्‍याउन आवश्यक रहेको बताए ।