|  

काठमाडौँ महानगरद्वारा दुई दिने शैक्षिक मेला आयोजना

१७ फागुन, काठमाडौं । विद्यालय शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले शैक्षिक मेलाको आयोजना गरेको छ ।

राष्ट्रिय सभा गृहमा हिजोदेखि सुरु भएको मेला आजसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। मेलामा विद्यार्थीका सीप र सिर्जनात्मक क्षमताको प्रदर्शन शिक्षण नवप्रवर्तन तथा विद्यालय पूर्वाधार र शिक्षक विकासका कार्यक्रम प्रस्तुत गरिएको छ।

नेपाल भाषाको सिकाई प्रविधि मौलिक संस्कृति भेषभुषा झल्काउने प्रदर्शनी मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिएको छ । विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीमा परेको प्रभाव यसबाट उनीहरूले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनका लागि मेला आयोजना गरिएको महानगरले जनाएको छ ।