|  

सिन्धुलीमा माइक्रो बस दुर्घटनाः ८ जना घाइते

१७ फागुन, काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक माइक्रो बस सिन्धुलीमा दुर्घटना भएको छ ।

आज सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मुलकोटमा मधेश प्रदेश ०२-००१ ज ००६३ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा आठ जना घाइते भएका छन् ।घाइते हुनेमा सात यात्रु र एक सहचालक रहेका छन् । जसमा ५२ वर्षीया विष्णुमाया लालचन, ५६ वर्षीया यमकुमारी हिराचन, ५८ वर्षीया पदमकुमारी जुवारचन, ३० वर्षीया हानानी जुवारचन, १६ वर्षीया हास्मी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तीलाल जुवारचन र १९ वर्षीय सहचालक निशान तामाङ रहेका छन् । घाइतेको अवस्था खतरामुक्त छ र उनीहरुलाई थप उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ । सवारी चालक सुजन बल भने सकुशल रहेका छन् ।