|  

पूजा कोठाभित्र गाडिएको अवस्थामा शव फेला

१७ फागुन, काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको बनिनिया टोलकी २० वर्षीया अञ्जली यादवको शव घरभित्र गाडिएको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यादबको शव उनकै घरको पूजाकोठामा गाडेको अवस्थामा फेला परेको हो । खाल्डोबाट निकालिएको यादबको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । केहि दिनदेखि यादब एक्कासी हराएकी थिइन । स्थानीयवासीले उनी हराएको र उनको श्रीमान समेत घरमा नभएको बिषय प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अनुसन्धानको क्रममा आज दिउँसो १ बजे यादबको घरबाट गाडिएको अवस्थामा शव वरामद गरेको थियो । अनुसन्धान गर्ने क्रममा अञ्जलीका श्रीमान् हरेराम यादब र १० महिने छोरीसमेत वेपत्ता रहेको खुलेको छ । श्रीमानले नै अञ्जलीको हत्या गरेको आशंकामा प्रहरीले उनको खोजी जारी राखेको छ ।

गत शनिबार रामहरि र अञ्जलीबीच घरासयी विवाद भएको थियो । अर्कोदिन रामहरिले श्रीमती बेपत्ता भएको भनेर छरछिमेकमा सुनाएर वेपत्ता भएका थिए ।