|  

अवैध रूपमा सञ्चालन भएका १० अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

१८ फागुन, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

अस्पताल अनुगमनका क्रममा रौतहट आएका मुख्यमन्त्री सिंहले अवैध तथा अनधिकृत रूपमा सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् ।

शनिबार अनुगमनका क्रममा दर्ता र मापदण्डबिना सञ्चालित चन्द्रपुर नगरपालिकामा सञ्चालित हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर, सिभिल हयुमनहोस्पिटल एण्ड रसर्चसेन्टर,पब्लिकलाईफ केयर पोलिक्लीनिक, हिमालयन पोलिक्लीनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एण्ड जनरल हस्पिटल प्रालि, चन्द्रपुर सामुदायिक हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रलाई मापदण्ड पूरा गरी दर्ता गरेर मात्र सञ्चालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन्।