१८ फागुन, काठमाडौं । बन्द गरिएको करिब ३ महिनापछि माथिल्लो मनाङका विद्यालय खुला गरिएका छन् ।
वार्षिक परीक्षापछि विद्यालय मंसिर अन्तिम सातादेखि बन्द गरिएका थिए । माथिल्लो मनाङमा हरेक वर्ष वार्षिक परीक्षा सकाएर छिटोमा मंसिर २१/२२ र ढिलोमा मंसिर २५/२६ देखि विद्यालय बन्द गरेर शिक्षकहरु झर्ने गर्छन । यो समय हिउँ पर्ने भएकाले स्थानीय बासिन्दा र कामदार बेँसी झर्छन ।
माथिल्लो मनाङको मनाङ गाउँस्थित अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्दराज घिमिरेले आजदेखि विद्यालयहरु खुलेको जानकारी दिए । १६ गते शुक्रबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरिए पनि शुक्रबार र शनिबार बिदा भएकाले आजदेखि विद्यालय सञ्चालन गरिएको घिमिरेले बताए । गाउँपालिका निमित्त प्रशासकीय अधिकृत नवीन क्षेत्रीले मनाङ ङिस्याङ गाउँपालिकाभित्र १० कक्षासम्मको एउटा माविसहित ९ वटा विद्यालय छन् ।