१८ फागुन, काठमाडौं । नेकपा एमालेले केन्द्रिय पदाधिकारीको संख्यालाई घटाएर ९ जनामा सिमित गर्ने भएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले केन्द्रिय पदाधिकारीको संख्या घटाएर ९ मा सिमित गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै पार्टीका महासचिव शंकर पोखरेलले अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना, महासचिव एक जना, उपमहासचिव १ जना र सचिवहरुलाई जिम्मेवारी दिनेगरी (प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्ने) ९ जना पदाधिकारी रहने बताए ।
अब संगठनहरु केन्द्रिय कमिटी र केन्द्रिय सचिवालय मात्रै रहने पनि निर्णय गरेको छ । स्थानीय विकास विभागको सचिवमा नवराज गेलाल र प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरिएको महासचिव पोखरेलले बताए भयो ।
नीति कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिहरु पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षसमेतको सहभागितामा राष्ट्रिय भेला गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रदेशका हकमा नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न प्रदेशमा रहेका मुख्यमन्त्री, मन्त्रीहरु र दलका नेताहरु र प्रमुख सचेतक, प्रदेश इन्चार्जसहितका प्रदेशका पदाधिकारीहरु रहेको संयुक्त भेला आयोजना गर्ने निर्णय गरेको छ ।
उनले भने, ‘अहिलेसम्म केन्द्रिय पदाधिकारीको संख्या १७ रहेकोमा पदाधिकारीको संख्यालाई ९ मा सिमित गर्ने । त्यसमा अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना । महासचिव एक जना, उपमहासचिव १ जना, सचिवहरु परिहासित कामको जिम्मा दिनेगरी प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्नेगरी ९ जना पदाधिकारी रहने । संगठनको डायर दुई भन्दा बढी रहेकोमा दुई वटामा सिमित गर्ने । केन्द्रिय कमिटी र केन्द्रिय सचिवालय मात्रै रहनेगरी नियमावलीमा व्यवस्था गर्ने प्रश्ताव स्वीकृत भएको छ ।
स्थानीय विकास विभागको सचिवमा नवराज गेलाल र प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरिएको छ । नीति कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिहरु पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षसमेतको सहभागितामा राष्ट्रिय भेला गर्ने ।
चैत्र महिनाभित्र गरिसक्नेछौँ । प्रदेशका हकमा नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न प्रदेशमा रहेका मुख्यमन्त्री, मन्त्रीहरु र दलका नेताहरु र प्रमुख सचेतक, प्रदेश इन्चार्जसहितका प्रदेशका पदाधिकारीहरु रहेको संयुक्त भेला आयोजना गर्ने । विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने । कुन संस्थाले कुन प्रयोजनका लागि आयोजना गरेको हो भन्ने स्पष्ट जानकारी हुनुपर्ने । भ्रमणपछि व्यवस्थित रिपोर्ट प्रश्तुत गर्नुपर्ने ।
पार्टी स्थापनाको ७६ औं वर्षलाई कम्युनिष्ट योद्धा सम्मान गर्ने प्रयोजनका लागि प्रत्येक प्रदेशबाट एक÷एक जना कम्युनिष्ट योद्धाहरु पहिचान गरी सिफारिस गर्ने । पार्टी स्थापनाको दिन सम्मान गर्ने ।’
उनले पाथीभरा केबलकार विवादबारे स्थानीय, जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेर टुंग्याउँदै समस्या समाधान गरेर केबलकार निर्माणको प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने बारेमा पार्टीले भुमिका खेल्ने बताए ।