|  

भारतले न्यूजील्याण्डलाई दियो २५० रनको लक्ष्य

१८ फागुन, काठमाडौं । भारतले न्यूजील्याण्डलाई २५० रनको लक्ष्य दिएको छ। जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको हो।

भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाए। त्यसैगरी अक्सर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाए।

त्यसैगरी न्यूजील्याण्डका बलर माट हेनरीले सर्बाधिक ५ विकेट लिए। भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेकाले यस खेलको नतिजाले समुह ए को विजेता र उपविजेताको तय गर्ने छ।