१८ फागुन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव शंकर पोखरेलले ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरिकन समस्यालाई समाधान गर्ने बताए । केबलकार निर्माणको प्रक्रियालाई अगाडि बढाउनका लागि सहज वातावरण बनाउने बारेमा सरोकारवाला समूहहरुसँग छलफल गरेर अघि बढ्ने कुरामा पार्टीले चासो राखेको बताए ।
उनले भने, ‘ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरिकन समस्यालाई समाधान गर्ने र केबलकार निर्माणको प्रक्रियालाई अगाडि बढाउनका लागि सहज वातावरण बनाउने बारेमा सरोकारवाला समूहहरुसँग छलफल गरेर अघि बढ्ने कुरामा पार्टीले चासो राखेको छ । त्यही प्रकारको भुमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने । विवाद अन्त्य गरी सहज वातावरण बनाउने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने ।’
उनले पाथीभरा केबलकार निर्माणको विवाद अन्त्य गरी सहज वातावरण बनाउने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।