|  

माओवादी उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक

१८ फागुन, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक परेको छ।

आइतबार बस्नेतका पिता डण्डवीर बस्नेतको धापासीस्थित ग्रान्डी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।

उनको पार्थिव शरीर भोलि दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ।