|  

चिनियाँ व्यापारीले महँगोमा किन्ने हल्लापछि नेपालमा पतेरो खोज्नेको भिड

१९ फागुन, काठमाडौं । गोरखाको बूढीगण्डकी बगरमा पतेरो खोज्दै टिप्नेहरूको भिड लागेको छ ।

धार्चे गाउँपालिकामा पर्ने माछीखोला र चुमनुब्री गाउँपालिकामा पर्ने जगतलगायत बुढीगण्डकी नदी किनारका बगरमा रहेका पतेरो स्थानीय बासिन्दाले टिपेर लगेका हुन् ।

पतेरो महँगोमा बिक्री हुन्छ, स्थानीय व्यापारीमार्फत् चिनियाँ व्यापारीले किन्छन् भन्ने हल्ला चलेपछि स्थानीय बासिन्दा घर नजिककै बुढीगण्डकी बगरमा पतेरो टिप्न पुगेका हुन्। पतेरो प्राय बोटविरूवामा बस्ने गर्छ।

यो एकप्रकारको किरा हो । बुढीगण्डकी बगरका ढुंगामुनि रहेका पतेरो स्थानीयले टिपेका हुन्।