|  

सरकारमा हुँदा गरेका काम समेटेर पुस्तक निकाल्ने तयारीमा काँग्रेस

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सरकारमा हुँदा गरेका काम समेटेर पुस्तक निकाल्ने तयारी गरेको छ ।

पार्टी उपसभापति पूर्णबहादुर खड्काले वि.सं २०१५ सालदेखि नै अहिलेसम्म सरकारमा हुँदा गरेका कामहरूको समेटेर पुस्तक सार्वजनिक गर्ने जानकारी दिएका हुन् । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले कांग्रेसले विगतमा गरेका कार्यहरू जनतालाई जानकारी गराउन पुस्तकका रुपमा प्रकाशन गर्न लागिएको बताए । वि.सं २०१५ र २०४८ सालमा कांग्रेस नेतृत्वमा भएका कार्यहरू पनि पुस्तकमा समावेश हुने खड्काले जानकारी गराए । सबै अभिलेख खोजी गरेर पुस्तकको तयारी भएको उनको भनाइ छ ।