१९ फागुन, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको हृदय विशाल रहेको टिप्पणी गरेका छन् ।
ओलीबारे लेखिएको पुस्तक ‘केपी शर्मा ओलीः सपना , संघर्ष र संकल्प’ पुस्तक विमोचन समारोहमा डा. कोइरालाले ओलीको मुटु दह्रो र हृदय विशाल रहेको टिप्पणी गरेका हुन् ।
‘चिकित्सकीय इथिक्सले कसैको स्वास्थ्यबारे लेख्न मिल्दैन, तर मैले जति चोटि प्रत्यक्ष भेट्न पाएँ, स्वास्थ्यका हिसाबले दह्रो थियो, हृदय पनि विशाल रहेछ,’ कोइरालाले भने, ‘चिकित्सक र सरकारी कामको शिलशिलामा भेट्दा र अन्तरक्रियाबाट उहाँसँग प्रभावित भएको कुरा व्यक्त गर्न चाहन्छु ।’