|  

पाल्पामा बुवाको कुटाइबाट छोराको मृत्यु

१९ फागुन, काठमाडौं । पाल्पामा बुवा र दिदीको कुटाइबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बगनासकाली गाउँपालिका-२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल छन । गत फागुन १५ गते घरायसी विषयमा तीन जनाबीच झगडा भएको थियो । आपसी झै-झगडा हुँदा ६३ वर्षका मृतकका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमालले यज्ञलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बुवा र दिदीलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । 

बुवा र दिदीको कुटाइबाट यज्ञ बेहोस भएका थिए । बेहोस भएपछि श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पु¥याएपनि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।