|  

कांग्रेस बलियो हुन एकढिक्का भएर अघि बढ्नुपर्छः शेखर कोइराला

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस बलियो हुन एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

आज बुटवलमा कांग्रेस सूचना तथा सञ्चार विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको अन्तरविरोधलाई दुर्भाग्यपूर्ण भएको बताएका हुन । उनले काँग्रेस आफैंभित्र लडिरहेको भन्दै यो बन्द गर्न जरुरी रहेको बताए । उनले कांग्रेसले जनताको साथ लिएर चुनाव लड्ने परम्परा रहेको बताउँदै एमाले, माओवादी, जसपासँग लड्नुपर्ने बेला आपसी कलह उचित नभएको उल्लेख गरे । महाधिवेशनपछि तिक्तता बिर्सेर पार्टीलाई सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
‘नेपाली युवाले विदेशमा विकास गर्न सक्छन भने आफ्नै देश बनाउन किन सक्दैनन’ भन्दै कोइरालाले युवालाई सोच परिवर्तन गर्न आह्वान गरे। उनले कांग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र सामाजिक सुरक्षाका सवालमा आफ्नो प्रतिबद्धता कायमै राखेको बताए ।

यसैबीच, कार्यक्रममा नेता बालकृष्ण खाणले कांग्रेसले सबैलाई समेटेर अघि बढ्ने भन्दै ‘कांग्रेसको विकल्प कांग्रेस नै भएको जिकिर गरे ।