|  

नेप्सेमा गिरावट, कारोबार रकम भने सामान्य

१९ फागुन, काठमाडौं । आज सेयर बजार घटेको छ । 

आज नेप्से परिसूचक १३.६२ अंकले घटेर २,८७६.६६ विन्दुमा झर्यो । पछिल्ला ९ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्सेमा आज भने गिरावट आएको हो । आज सेन्सेटिभ इण्डेक्स ३.७१ अंक घट्दा फ्लोट इण्डेक्स १.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३१ अंक घटेको छ ।

नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन १४ अर्ब २५ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०० स्टकको १ लाख ३९ हजार ५५५ पटकको कारोबारमा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको ३ करोड १२ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।