|  

राप्रपा नेपालको जनदबाब कार्यक्रम सार्वजनिक

१९ फागुन, काठमाडौं । राप्रपा नेपालले सुशासन, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि जनदबाब कार्यक्रम सार्वजनिक गरेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सङ्घीयता खारेज, धर्म परिवर्तनको अन्त्य, मिटरब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा देशभित्र रोजगारीको सिर्जना गर्न जनपरिचालन र जनदबाब कार्यक्रम सार्वजनिक गरेको हो । त्यसअन्र्तगत आगामी चैत १ गते सबै जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना र प्रदर्शन गर्ने भनिएको छ ।

त्यस्तै चैत ८ र ९ गते हेटौँडामा मध्यमाञ्चल क्षेत्र स्तरीय भेला र प्रशिक्षण, चैत १४ देखि १८ सम्म काठमाडौँ उपत्यकाका १० (दश) वटै क्षेत्र र पालिकाहरू समावेश हुने गरी ‘साँखुदेखि चाँगुनारायण जनजागरण यात्रा’ सञ्चालन गर्ने भनिएको छ । चैत २२ गते राष्ट्रियसभा गृहमा संयोजित सङ्गठन समन्वय विभागको आयोजनामा जनवर्गीय सङ्गठनहरूको संयुक्त भेला, चैत २६ गते काठमाडौँमा बृहत जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।