१९ फागुन, काठमाडौं । म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक भएको छ ।
सोमवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक भएको हो । गीतको भिडियो सार्वजिक कार्यक्रममा बोल्दै अभिनेता पुष्प खड्काले आफ्नो जीवनमा मुख्य पात्रको अभिनय गर्नका लागि दौडरहेको बेलामा अहिलेको टिम पाएको बताए ।
लगातार दुई वटा चलचित्र नचलेपछि आफ्नो भविष्यलाई ठेस पुग्नसक्ने सोचेर केही समयका लागि चलचित्रमा अभिनय नगरेको बतए ।
भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको ‘सर्माई भागेर’ मा सहारा कार्की र पुष्प खड्काको अभिनय रहेको छ ।