|  

खाना पकाउने ग्यासको मूल्य बढ्यो 

२० फागुन, काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ । प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसाले बढेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले गरेको ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय जानकारी गराइएको छ ।

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादु कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको ४ घण्टा लामो वार्तामा ५ बुँदे सहमति भएको छ।