|  

पहिलो पटक संसद्को दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन  गर्दै ट्रम्प

२१ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद्को दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्न लागेका हुन्। नेपाली समय अनुसार बुधबार बिहान उनले संसद्लाई सम्बोधन गर्नेछन् । ट्रम्पको सो सम्बोधन चार चरणमा हुनेछ।पहिलो चरणमा कार्यालय प्रवेशको पहिलो महिना अत्यन्त सफल भएको घोषणा हुनेछ ।

दोस्रो चरणमा आर्थिक विषय हुनेछ। तेस्रो चरणमा ट्रम्पले आप्रवासी डिपोर्ट र मेक्सिकोको सीमामा पर्खाल लगाउने योजनाका लागि संसद्को एकबद्धताका लागि निम्ति कुरा राख्ने छन् । चौथो चरणमा ट्रम्पले शान्ति स्थापनाका आफ्ना योजनाका बारे बोल्ने छन्।