|  

सुन तस्करीको आरोपमा अभिनेत्री पक्राउ, करिब १५ किलो सुन बरामद

२० फागुन, काठमाडौं । सुन तस्करीको आरोपमा प्रसिद्ध अभिनेत्री रान्या राव पक्राउ परेकी छन् ।

कन्नड सुपरस्टार सुदीपको अपोजिटमा ‘मानिक्य’ (२०१४) जस्ता फिल्महरूमा अभिनय गरेकी अभिनेत्री रावलाई १४.८ किलो सुनसहित पक्राउ गरिएको हो। यो सुन उनको लुगामा लुकाइएको थियो।

आइतबार राति राव बैंगलुरु विमानस्थलमा आइपुग्दा भन्सार अधिकारीहरूलाई उनीमाथि शंका लागेपछि उनलाई हिरासतमा लिइएको थियो। प्रारम्भिक अनुसन्धानबाट उनी दुबईबाट आउँदै गरेको पत्ता लागेको छ र विमानस्थलका अधिकारीहरूले उनको लुगामा लुकाइएको सुनका बारहरू फेला पारेका छन्।

स्रोतका अनुसार उनी हालैका दिनहरूमा धेरै पटक दुबई गएकी थिइन्, जसले गर्दा अधिकारीहरूलाई उनीमाथि शंका लागेको थियो।