|  

सर्बियाको संसदमा विपक्षीद्वारा धुवाँयुक्त ग्रिनेड प्रहारः ३ सांसद घाइते, एकको अवस्था गम्भीर

२० फागुन, काठमाडौं । सर्बियाको संसदमा मंगलबार विपक्षी सांसदहरूले धुवाँयुक्त ग्रेनेड प्रहार गरेका छन्।

सरकारको नीतिको विरोधमा र आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा विपक्षीहरूले उक्त प्रदर्शन गरेका हुन्।सर्बियाली प्रोग्रेसिभ पार्टीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले अधिवेशनको एजेन्डा अनुमोदन गर्ने बित्तिकै केही विपक्षी नेता आफ्नो सिटबाट उठेर सभामुखको कुर्सीतिर दौडेका थिए।

उनीहरुले सदनमा धुवाँयुक्त ग्रेनेड फ्याँके जसले गर्दा सदन कालो धुवाँले भरिएको थियो। यस आक्रमणमा कम्तीमा ३ जना सांसद घाइते भएका जसमध्ये एक सांसदको अवस्था गम्भीर रहेको छ। सर्बियाली संसदले मंगलबार देशका विश्वविद्यालयहरूको लागि कोष बढाउने कानून पारित गर्ने तय भएको थियो। यसका साथै प्रधानमन्त्री मिलोस भुसेभिकको राजीनामाको बारेमा पनि छलफल हुने तय भएको थियो। त

र सत्तारुढ गठबन्धनले प्रस्तुत गरेको एजेन्डामा रहेका अन्य मुद्दाहरूप्रति विपक्षीहरू आक्रोशित थिए। यसपछि उक्त घटना भएको हो।नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो शहर नोभी सादमा रेलवे स्टेशनको छानाको एक भाग भत्किएको थियो। उक्त घटनामा १५ जनाको मृत्यु भएको थियो।यो घटनापछि देशमा सरकारविरुद्ध प्रदर्शन सुरु भयो। हजारौं मानिसहरू सडकमा उत्रिएर यस घटनाको जवाफदेहिताको माग गर्न थाले।निर्माण परियोजनाहरूमा भ्रष्टाचारका कारण बाल्कोनी भत्किएको मानिसहरूले आरोप लगाए।

विरोधमा संलग्न विद्यार्थीहरूले हरेक दिन १५ मिनेट जनताको बाटो अवरुद्ध गर्थे।यस विरोध प्रदर्शनमा विद्यार्थीहरूको ठूलो सहभागिता थियो। उनीहरूले हरेक दिन बिहान ११स्५२ मा १५ मिनेटका लागि देशभर सवारी साधनको आवागमन रोक्ने गरेका थिए। सोही समयमा नै रेल्वे स्टेशनमा बाल्कोनी भत्किएको थियो। यसबाहेक देशका विश्वविद्यालयहरूमा पढाइ पनि रोकिएको थियो।सर्बियामा लगभग ४ महिनादेखि विरोध प्रदर्शन भइरहेको छ।