|  

हत्कडी र खुट्टामा चेनले बाँधेर फर्काइएका थिए ८ नेपाली 

२१ फागुन, काठमाडौं ।  अमेरिकाबाट निष्काशित भएर बुधबार नेपाल फर्काइएका ८ जना  नेपाली नागरिकलाई हत्कडी लगाएर ल्याएको खुलेको छ ।

काठमाडौं ओर्लिएपछि नेपाली अधिकारीहरूले गरेको सोधपुछका क्रममा उनीहरूले आफूहरूलाई हत्कडी लगाएर ल्याएको बताएका हुन् ।

‘अमेरिकाबाट आउँदा हत्कडीसँगै हामीलाई खुट्टामा समेत चेनले बाँधिएको थियो, ट्रान्जिटपछि भने खुट्टाको चेन खोलिदिएको थियो’,एक नेपालीले भने , ‘त्यसबेला हामीलाई बसेको ठाउँबाट हल्लिन पनि दिएको थिएन, वासरुम प्रयोग गर्न पनि कयौं पटक अनुरोध गर्नुपर्‍यो ।’

अमेरिकामा डोनाल्ड ट्रम्प ४७ औं राष्ट्रपतिमा निर्वाचित भएयता ३५ जना नेपाली नागरिक निष्कासित भइसकेका छन् । तीमध्ये पाँच जना महिला हुन् । सबै जना नियमित उडानमार्फत आएका थिए ।