|  

पूर्वराजाको स्वागतमा जुट्न पार्टी पंक्तिलाई राप्रपाको निर्देशन 

२१ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।

राप्रपाको केन्द्रीय पदाधिकारीको आज बसेको बैठकले कार्यक्रम स्थगित गरेर पूर्वराजाको स्वागतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएको हो । बैठकपछि प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पोखराबाट काठमाडौँ फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै यही फागुन २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ ।’

बैठकले पूर्वराजा ज्ञानेन्द्रबाट गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशवासीका नाममा सार्वजनिक भएको सन्देशको पनि स्वागत गरेको छ ।